हाकु छ्वेला

सामग्री : बफ : आधा किलो, गोलभेंडा : २ सय ग्राम, नुन : स्वादअनुसार, खुर्सानीको धूलो : ३ चम्चा, अदुवा र लसुनको पेस्ट : २ चम्चा, जिराको धूलो : आधा चम्चा, खोकनाको भुटेको तोरीको तेल : ४ चम्चा

विधि : मासुलाई सफा गरेर लामो आकारमा काटेर आगोमा पोल्ने । आगोमा पल्टाइ-पल्टाइ पकाएपछि निकालेर एउटा भाँडामा राख्ने । एउटा प्यानमा तेल हालेर गोलभेंडा फ्राई गर्ने र मिक्सरमा ग्रान्ड गर्ने । मासुलाई एउटै साइजमा काटेर मरमसला र गोलभेंडाको पेस्ट हालेर मज्जाले मोल्ने । मोल्ने क्रममा अलिअलि तेल पनि थप्दै जाने ।



बफ सेकुवा

सामग्री : बफ आधा : केजी, तेल : ३ चम्चा, नुन : स्वादअनुसार, जिरा : आधा चम्चा, मरिच : सानो चम्चा, टिम्मुर : आधा चम्चा, अदुवा र लसुनको पेस्ट : १ चम्चा ।

विधि : मासुलाई पिस-पिस काटेर सबै मरमसला हाल्ने अनि आधा घन्टाजति त्यत्तिकै राख्ने । त्यसपछि मासुलाई सिन्कामा उनेर आगोमा पोल्ने ।



द्याकुल्ला

सामग्री : हड्डीभित्र मासी भएको मासु : आधा किलो, प्याज : २ सय ग्राम, ग्ाोलभेंडा : ३ सय ग्राम, तेल : ४ चम्चा, अदुवा र लसुनको पेस्ट : २ चम्चा, तेजपात : २ पत्ता, जिरा : आधा चम्चा, बेसार : अलिकति ।

विधि : प्रेसर कुकरमा प्याज खैरो हुने गरी भुट्ने । त्यसमा मसला पनि सँगै भुट्ने । मसला र प्याज खैरो भएपछि मासु हालेर केही समय भुट्ने । एकछिनपछि पानी हाली प्रेसर कुकरमा सिठी लगाउने । ह्याकुल्ला चिउरासँग सारै मीठो हुन्छ ।



साँधेको सुकुटी

सामग्री : मासु : ८० ग्राम, ग्ाोलभेंडा : ४ वटा, लसुन र अदुवाको पेस्ट : २ चम्चा, नुन : स्वादअनुसार, जिरा : आधा चम्चा, तेल : ४ चम्चा ।

विधि : तयार भएको सुकुटीलाई तेलमा हल्का फ्राई गर्ने । त्यसलाई सिलौटामा पानी हाल्दै मसिनो हुने गरी काट्ने । गोलभेंडा पोलेर सिलौटामा पिसी मासुमा मिसाउने, त्यसमा सबै मसला हालेर मोल्ने । साँधेको सुकुटीमा चप गरिएको हरियो धनियाँ तथा खुर्सानी छर्कने ।



सुकुटी बनाउन एक हप्ताअघि नै मासुलाई पातलो हुने गरी काटेर नुन, खुर्सानी तथा तेल हाली मोलेर सुकाउने ।

०००००००००००००००००

चिकेन स्नो बल

सामग्री : चिकेन किमा : १ सय ग्राम, उसिनेको आलु : ५० ग्राम, हरियो धनियाँ चप : १ चिया चम्चा, सुकेको प्याज चप : २ चम्चा, हरियो खुर्सानी चप : आधा चम्चा, अदुवा र लसुनको लेदो : १ चम्चा, तेल : १० मिलिलिटर, मैदा : १ चिया चम्चा, अण्डा फिटेको : आधा भाग, नुन : स्वादअनुसार, सेतो मरिचको धूलो : १ चिम्टी, कालो मरिचको धूलो : १ चिम्टी, रातो खुर्सानीको सस : १० ग्राम, टोमाटो केचप : ५ मिलिलिटर, कागती : २-३ थोपा, स-साना टुक्रा पारिएको पाउरोटी : ५० ग्राम ।

विधि : चिकेन किमालाई थोरै तेलसँग भुट्ने । अदुवा र लसुनको लेदो तथा उसिनेको आलु मिसाउने । स्वादअनुसार नुन, मरिचको धूलो, रोजमेरी तथा हब्स हाल्ने । सबैलाई एउटा प्लेटमा खन्याएर अरू बाँकी मसला, प्याज, धनियाँ, हरियो खुर्सानी आदि मिसाउने । त्यसपछि उक्त मिश्रणलाई १८-१८ ग्राम हुने गरी १०-१० वटा डल्ला बनाउने । अर्काे भाँडामा मैदा, अण्डा तथा थोरै पानी हालेर लेदो बनाउने । त्यसमा चिकेनको डल्ला डुबाउने । सेतो पाउरोटीको टुक्रामा लटपटाउने । एउटा प्यानमा तेल तताएर चिकेन बललाई हल्का सुनौलो रंग आउने गरी फ्राई गर्ने । यसलाई प्लेटमा सजाएर साइड सलाद तथा सससँग सर्भ गर्न सकिन्छ ।



खसीको ह्याकुल्ला

सामग्री : खसीको ह्याकुल्ला : ६ सय ग्राम, तेल : ३० मिलिलिटर,अदुवा र लसुनको पेस्ट : आधा चम्चा, टिम्मुरको धूलो : थोरै, नुन : स्वादअनुसार, जिराको धूलो एक : चिम्टी, लसुन : ४ केस्रा, धनियाँ : ५ ग्राम ।

विधि : ह्याकुल्ला उसिन्ने । पाकेर सेलाएपछि छाला, बोसो र मासु पर्ने गरी स्लाइस गर्ने । एउटा प्यानमा तेल तताउने र त्यसमा लसुन पड्काउने । ह्याकुल्ला राखेर ड्राई गरेपछि जिराको धूलो, अदुवा, लसुनको पेस्ट, नुन, टिम्मुरको धूलो तथा हरियो धनियाँ राखेर सर्भ गर्ने ।



सुरेश बस्नेत

एक्जुकेटिभ सेफ, बाजेको सेकुवा

००००००००००००००००००

माछा मसला

सामग्री : माछा : २ सय ग्राम, गरम मसला : १ चिया चम्चा,,जिरा धूलो : १ चिया चम्चा, मिट मसला : १ चिया चम्चा, सस्र्यु : १५ ग्राम, टमाटर : २ वटा, हरियो धनियाँ : १ मुठा, खुर्सानीको धूलो : १ चिया चम्चा, जिरा र खुर्सानीको पेस्ट : १ चिया चम्चा, अदुवा र लसुनको पेस्ट : आधा चम्चा, कर्नफ्लोर : आधा चम्चा, नुन : स्वादअनुसार ।

विधि : माछालाई राम्रोसँग सफा गरेपछि कर्नफ्लोर, नुन र गरम मसलामा मोलेर फ्राई गर्ने । राम्रोसँग फ्राई भएपछि निकालेर अर्को भाँडामा राख्ने । फ्राई प्यानमा तेल तताएर अदुवा र लसुन हाल्ने । त्यसमा जिरा र खुर्सानीको पेस्ट, पिसेको सस्र्यंुको पेस्ट, गरम मसला तथा पानी हालेर एकछिन पकाउने । केही समयपछि त्यसमा फ्राई गरिएको माछालाई केहीबेर पकाउने ।



माछा फ्राई

सामग्री : माछा : २ सय ग्राम, अदुवा र लसुनको पेस्ट : आधा चम्चा, जिराको धूलो : आधा चम्चा, मिट मसला : आधा चम्चा, कागतीको रस : आधा चम्चा, कर्नफ्लोर : १ चम्चा, अण्डाको सेतो भाग : १ वटा, हरियो खुर्सानीको टुक्रा : ३ वटा, धनियाँ चप ।

विधि : कर्नफ्लोरमा सबै मरमसला हाली मोलेर लेदो बनाउने र त्यसमा माछा हालेर आधा घन्टाजति छोड्ने । त्यसपछि फ्राई प्यानमा माछालाई डिप फ्राई गर्ने ।



होल फिस

सामग्री : सिंगै माछा (बीचबीचमा चिरेको) : ४ सय ५० ग्राम, मरिच : आधा चम्चा, भेनेगर : आधा चम्चा, सोथे नुडल्स : ५० ग्राम, ग्ााजर, भेंडेखुर्सानी, हरियो प्याज, खुर्सानी, प्याज र गोलभेंडा : १ सय ग्राम, बटर : १ चम्चा, लसुन (टुक्रा पारिएको) : ५-६ पोटी, हट सस : १ चम्चा ।

विधि : नुन, मरिच तथा भेनेगर मोल्ने । त्यसमा माछा हाल्ने र मसला भित्रसम्म जाने गरी मोलेर म:मको भाँडामा २-३ मिनेट स्टिम गर्ने ।

ससका लागि : तेल तताएर लसुन चप फ्राई गर्ने । खैरो भएपछि गाजर, भेंडेखुर्सानी, हरियो प्याज, खुर्सानी, प्याज तथा गोलभेंडा हालेर भुट्ने । केही समयपछि पानी अनि त्यसपछि नुन, मरिच, भेनेगर तथा हट सस हाल्ने । यसलाई कर्नफ्लोर हालेर आवश्यकताअनुसार बाक्लो बनाउन सकिन्छ ।

नुडल्सका लागि : प्यानमा बटर हाल्ने र चप लसुन भुटेर नुडल्सलाई सोथे गर्ने । त्यसमा नुन र मरिच हालेर निकाल्ने ।

तयार भएको माछा, सलाद र नुडल्सलाई ससले टप गर्ने ।

भूपेन्द्र तामाङ

सेफ , फुड लभर्स, गैरीधारा

०००००००००००००००००००००००००

रोस्ट पोर्क बीच एप्पल सस

सामग्री : पोर्क : २ सय ग्राम, प्याज : आधा, भेंडेखुर्सानी : आधा, मरिच : आधा चम्चा, वेस्टर सस : २ थोपा, सोया सस : १ चम्चा ।

विधि : पोर्कका साथमा सबै मरमसला अनि थोरै पानी हालेर उसिन्ने । पानी सुकेपछि रोस्ट गर्ने ।

एप्पल सस

स्याउ ताछेर ग्रेट गरी आधा कप दूध र १ चम्चा बटरमा पकाउने । पाकेपछि लेमन र नुन हाल्ने ।

एप्पल ससलाई रोस्ट पोर्कमा टप गर्ने ।



चिकेन कुरकुरे

सामग्री : बोनलेस चिकेन : २ सय ५० ग्राम, साल्ट पेपर स्वादअनुसार अदुवा र लसुनको पेस्ट : १ चम्चा, हट सस : १ चम्चा, अण्डाको सेतो भाग : १ वटा, कर्नफ्लोर : १ चम्चा ।

विधि : कर्नफ्लोरमा सबै मरमसला मिक्स गरेर जुलियन कट काटेको मासुको पिसलाई डुबाइदिने । फ्राई प्यानमा १-१ वटा छुट्टिने गरी डिप फ्राई गर्ने । यसलाई चाट मसला तथा खुर्सानीको धूलो स्वादअनुसार छर्केर खान सकिन्छ ।



चिकेन लेमन जिरा

सामग्री :कुखुराको छातीको भाग : २ सय ५० ग्राम, हट सस : २ चम्चा, लेमन : १ वटा, प्याज सानो : १ वटा, भेंडेखुर्सानी : आधा, ओलिभ पत्ता : १ वटा, साल्ट पेपर : स्वादअनुसार, जिरा : १ चिम्टी, तन्दुरी कलर : थोरै, दालचिनीको धूलो : १ चिम्टी ।

विधि : चिकेन, प्याज, भेंडेखुर्सानी, ओलिभ पत्ता, दालचिनीको धूलो र तन्दुरी कलर हालेर उमाल्ने । पाकेपछि झिकेर केहीबेर फ्राई गर्ने । अर्काे प्यानमा जिरा पड्काएर चिकेन, हट सस, नुन तथा कागती हाल्ने । केही समय भुटेपछि चिकेन लेमन जिरा तयार हुन्छ ।



पोर्क चप

सामग्री : पोर्क : २ सय ग्राम, साल्ट पेपर : स्वादअनुसार, वेस्टर सस : ३ थोपा, अदुवा र लसुनको पेस्ट : आधा चम्चा, रोजमेरी र

ओरिगानो : १ चम्चा ।

विधि :पोर्कलाई सबै मसला हालेर गि्रल गर्ने । त्यसलाई ब्राउन सससँग सर्भ गर्ने ।



- रेशम गिरी, सेफ